कांग्रेस नेता प्रदीप गिरिको घाँटीमा ट्यूमर देखियो

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएको छ । भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको उपचारमा संलग्न चकित्सकले बताएका छन् ।ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । चिकित्सकहरुले अन्य स्वास्थ्य परीक्षण पनि गरिरहेकाले रिपोर्ट हेरेर थप उपचार गरिने बताइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए । उनलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई गएका थिए । निधिले शुक्रबार बिहान अस्पताल पुगेर नेता गिरिलाई भेटेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति