काठमाडौं, भदौ ४ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी झाले रेल सन्चालनका लागि कटिबद्ध रहने बताए । झाले सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।सरकारले बिहीबार बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो । गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।
रेल्वे कम्पनीमा निरन्जन झा महाप्रवन्धक नियुक्त
प्रतिक्रिया