विश्वभर एकैदिन ७ लाख १९ हजार नयाँ संक्रमित थपिए, थप १० हजार ८६९ को मृत्यु

काठमाडौं, ४ भदौ । विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ ।यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन् । ५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् । अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ छ । १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति