काठमाडौं, ३ भदौ । माधव नेपाल पक्षीय भनेर चिनिएपनि अन्तिम समयमा पार्टी विभाजनमा साथ नदिने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टीको कार्यदलस्तरमा भएका १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् ।उनीहरुले विभाजनले कसैको पनि हित नगर्ने भन्दै लचकताका साथ प्रस्तुत हुन अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई आग्रह गरेका छन् ।उनीहरुले माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही फिर्ता लिन पनि माग गरेका छन् ।


प्रतिक्रिया