बाघ बुढो भए पनि घाँस खाँदैन भनेझैं हामीले घाँस खान हुँदैन – अध्यक्ष डा.भट्टराई

काठमाडौं, ३ भदौ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् । नेकपा एमाले छाडेका माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी गठन गर्नुले त्यसको संकेत गरेको भट्टराईको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ । त्यो अबको आवश्यकता हो ।’उनले त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने पनि बताए । त्यसो गर्न सकिए नेपालले विश्वालाई नयाँ विचार दिन सक्ने डा. भट्टराईको भनाइ छ । ‘हामी ७० आसपासकाले धेरै गर्न त नसकौंला तर युवा पुस्ता आएको छ, त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,’ भट्टराईले भने । उनले भने, ‘एउटा बाघ बुढो भए पनि घाँस खाँदैन भनेझैं हामीले घाँस खान हुँदैन । घाँस नखाइकन हामीले हाम्रो ब्रह्मलाई केन्द्रमा ल्याएर सोच्यौं भने एउटा निकास दिन सक्छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति