काँग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा जटिल समस्या, मुम्बईमा उपचार हुँदै

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ।केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि भारतको मुम्बई पुगेका थिए।अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार जारी छ। उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ।स्रोतकाअनुसार गिरिको घाँटीमा समस्या देखिएको छ।यसैबीच मुम्बईमा उपचाररत गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाँदैछन्।जनकपुरमा रहेका निधि आज मुम्बई जान लागेका हुन्। शुक्रबार बिहान निधिले गिरिलाई भेट्नेछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति