पहिरोमा पुरिएर नुवाकोटमा एकको मृत्यु: चार जना बेपत्ता

काठमाडौँ, ३ भदौ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरोमा परेर एक जनाको निधन भएको छ।गए राति झरेको पहिरोमा परेर स्थानीय ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको हो।घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले बताए। उनका अनुसार गए राति २ः३० बजे घरको करेसामा पहिरो पन्छाउने क्रममा खसेको पहिरोमा परेर लामिछानेको मृत्यु भएको हो।पहिरोमा पुरिएर लामिछानेको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ।

यसैवीच घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन्। गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ। सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बिच भागमा उक्त घटना भएको हो।बेपत्ता रहेकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको यर्थात विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति