काठमाडौं, ३ भदौ ।नेकपा एमालेका नेता प्रदीप नेपालले आफू माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा नरहेको बताएका छन्।
उनले आफू कुनै पनि पक्षमा नरहेको पनि स्पष्ट पारेका छन्। बुधबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा निर्वाचन आयोगमा नेकपा समाजवादी पार्टी दर्ता भएको थियो।सो पार्टीको केन्द्रीय कमिटीमा ९५ जनाको नाम छ। सूचीमा नेपालको नाम चार नम्बरमा थियो।
उनले फेसबुकमा प्रतिक्रिया लेख्दै आफू एमालेभित्रको झगडामा न माधव न केपी ओली कतै पनि नरहेको जनाएका छन्।उनले आफू मार्क्सवादी रहेको र आफ्नो व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा राख्न नसकेको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएसँगै बुधबार तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता गर्दा उनको नाम राखेका थिए। प्रदीप नेपाल लामो समयदेखि एमालेको राजनीतिबाट टाढा रहँदै आएका थिए।

प्रतिक्रिया