दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस

काठमाडौं, २ भदौ । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंमा बुधबार साँझ निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।काठमाडौंको आरआर क्याम्पस अगाडि निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ । झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति