काठमाडौं, २ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी गरेको छ ।अहिले नेपाल समूहका नेताहरु बानेश्वरस्थित अर्याल होटलमा छलफलमा छन् । त्यहाँ उपस्थित नेपाल समूहका नेता जगन्नाथ खतिवडाका अनुसार बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी छ । नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिनेछ भने चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने उनले बताए ।
नाम नेकपा एमाले समाजवादी : चुनाव चिन्ह खुला किताब आजै दर्ता गर्छौं – नेता खतिवडा
प्रतिक्रिया