पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

काठमाडौं, २ भदौ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति