काठमाडौं, १ भदौ । नेकपा एमालेका नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले पार्टी एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका छन् ।नेता विष्टले माधव नेपालसहितका सांसदहरुमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह समेत गरेका छन् ।सामाजिक सञ्जाल फेसबुक मार्फत नेता विष्टले पार्टी विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको भन्दै एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका हुन् ।हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव हुने उनको भनाइ छ ।नेता विष्टले लेखेका छन्, ‘हामीभित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधरण भूमिका जरुरी पर्दछ ।’
माधवसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन ओलीसँग विष्टको आग्रह
प्रतिक्रिया