अफगानिस्तानको घटनाक्रम नजिकबाट नियालिरहेका छौं – नेपाल सरकार

काठमाडौं, १ भदौ । सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ ।अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले त्यहाँ विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।

‘हामी सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।नेपालले अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरेको छ ।

त्यस्तै अफगानिस्तानमा मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न पनि अपिल गरेको छ ।सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति