काठमाडौं । सरकारले ससजिलै राजनीतिक दल विभाजन हुने गरी अध्यादेश सिफारिश गरेपछि चौतर्फी प्रतिक्रिया जन्माएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले देशव्यापी प्रतिरोध गर्ने घोषणा गरिसकेको छ । अध्यादेशको विरोध गर्नेमा माधव नेपाललाई दल विभाजन गर्न सहयोग पुर्याउने बताइएका बेला उनकै समूहका नेताहरुले पनि आफ्नो कित्ता स्पष्ट गर्न थालेका छन् । एमाले सचिवत तथा माधव नेपाल निकट नेता योगेश भट्टराई आमाको निधनको क्रिया बसेका बेला सामाजिक सञ्जालमार्झत अध्यादेशको विरोध गरेका छन् । उनले लेखेका छन् अध्यादेश हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत हुनेछ । उनले तत्तकाल फिर्ता लिन पनि प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । उनले लेखेका छन् –
राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर ब। देउपाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावि पुस्ताको भबिस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ ।
आमाको दुस्खत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला ।
आमको क्रिया बसेका बेला नेता योगेश भट्टराईले अध्यादेशको विरोध गरे
प्रतिक्रिया