दुई हजार ४५६ जनामा सङ्क्रमण पुष्टि, एक हजार ९२९ सङ्क्रमित निको भए

काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा दुई हजार ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५६५ वटा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार १२४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३५४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ५२८ जनाले खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ८७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९० जना सघन कक्षमा र १९१ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति