अध्यादेश उथलपुथल : माधव नेपालसहित १४ सां‌सदलाई कारवाहीको पत्र संसद् सचिवालयमा, बोधार्थ निर्वाचन आयोगमा

काठमाडौं । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भएमा नयां दल गठन गर्न सक्ने अध्यादेश ल्याउने निर्णयले नेकपा एमालेमा उथलपुथल भएको छ । आज नै नेकपा एमालेले पार्टी नेता माधव नेपालहरुसहितलाई कारबाही गर्ने देखि केन्द्रीय समिितमा समेत फेरवदल गरेको छ । अध्यादेशको कडा विरोध रेको एमालेले १४ जना सांसदहरुलाई सदस्यताबाट हटाउने निर्णय गरेको छ ।
एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।

उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाइएको छ । त्यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई समेत दिएको एक नेताले बताए ।

संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नेपालपक्षीय सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको हो ।

कारवाही गरिएका नेता सांसदहरुमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी लगायत छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुंदा देउवाको पक्षमा मतदान गरेका माधव नेपाल पक्षीय १४ जना सांसदलाई कारवाही गरिएको एक नेताले बताए । तर ओली पक्षमा रहेर देउवालाई मतदान गरेका ८ जनालाई भने कारवाही गरिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति