अध्यादेशप्रति माधव नेपाल समूहमै असन्तुष्टि

काठमाडौं, १ भदौ । राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहकै नेताहरुले असन्तुष्टि जनाएको छ ।उनीहरुले वरिष्ठ नेता नेपालले दल विभाजन गर्न खोजे साथ दिन नसक्ने समेत बताएका छन् । सरकारले मंगलबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्नसक्ने अध्यादेश ल्याएको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ ।

नेपाल समूहलाई नयाँ दल बनाउन सहज होस् भनेर नै यो अध्यादेश ल्याइएको सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन् । तर नेपाल समूहकै नेताहरुले पनि राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् ।नेपाल समूहमा रहेका सचिव गोकर्ण विष्टले अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक भएको बताए । यसले दल विभाजनलाई प्रोत्साहन गर्ने भन्दै सचिव विष्टले भनेका छन्, ‘यसले नेपालको राजनीतिमा दुःखद् परिणाम निम्त्याउने छ । यस प्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौं ।’नेपाल समूहमा रहेका सांसद यज्ञराज सुनुवारले पनि दलहरु पार्टी एकताकै पक्षमा रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति