बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं, १ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ।मंगलबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको हो। बैठक अहिले पनि जारी छ।बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थित छन्।सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ। सो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि दुबै संसदको अधिवेशन अन्त्य गरेकी थिइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति