काठमाडौं, १ भदौ । अफगानिस्तानमा अलपत्र परेका ५७ जना नेपालीहरु आज विहान भाारतको राजधानी दिल्ली आइपुगेका छन् ।भारत हुँदै अफगानिस्तानको ब्रिटिश राजदूतावासमा सुरक्षाको लागि गएका ५७ जना नेपाली आइतबार बेलुका ११ बजे (अफगानी स्थानीय समय) ब्रिटिश एयरफोर्सबाट दुबई उडेका थिए ।सोमबार राती १० बजे (बेलायती स्थानीय समय) मा दुबईमा अवतरण भएका थिए ।५७ नेपालीहरुसहितको विमान दुबईबाट सोमबार राति सवा १० बजे भारतको दिल्लीका लागि उडेको थियो ।सबै ५७ जना नेपालीहरु आज दिल्लीबाट नेपाल आउने तय भएको छ ।
काबुलबाट ५७ नेपाली दिल्ली एयरपोर्ट आइपुगे
प्रतिक्रिया