अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न अध्यक्ष प्रचण्डको माग

काठमाडौं, ३२ साउन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् । अफगानिस्तान तालिवान विद्रोहीले कब्जा जमाएपछि प्रचण्डले त्यहाँ रहेको नेपालीहरुको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन ।
प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धारका लागि अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका हुन । अफगानिस्तानमा रहेका नेपाली फिर्ता ल्याउने विषयमा आफू र पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने प्रचण्डले उल्लेख गरेका छन् । ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति