अफगानिस्तानका राष्ट्रपति भाग्दा जे देखियो (भिडियोमा)

काठमाडौं, ३१ साउन ।  अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ ।उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् । तालिवान विद्रोही अफगानिस्तमानमा विजय नजिक रहेको समाचारमा जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति