तालिवानका प्रवक्ताले भने हामी कसैसँग बदला लिँदैनौं

काठमाडौं, ३१ साउन । अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् ।

तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् । बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ । कसैसँग पनि बदला लिने छैनौं ।’

प्रवक्ता शाहीनले आफूहरु अफगानिस्तानका नागरिकको सेवक भएको बताएका छन् । ‘काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भयो, हामी शान्तिसँग सत्ता चाहन्छौं’ उनले भनेका छन् ।उनले तालिवानको सरकारमा अफगानिस्तानका नागरिकको प्रतिनिधित्व रहन्छ । अर्थात जो तालिवानमा आवद्ध नभए पनि सरकारमा सामेल हुन सक्छन् ।तालिवानले शान्ति सुरक्षा कायम गर्न राजधानी शहर काबुलमा आफ्ना लडाकु परिचालन भएको जनाएको छ । काबुलका कतिपय इलाकामा चोरी र लुटपाट भएको सूचना आएको भन्दै तालिवानले उसका लडाकु अराजक तत्वलाई रोक्न शहरमा परिचालन भएको बताएको छ ।तालिवानले आफ्ना लडाकुलाई नागरिकलाई दुख नदिन र कसैको घरमा नजान निर्देशन दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति