काठमाडौं (एजेन्सी) अफगानिस्तानलाई आश्चार्यजनक रुपमा हतियारधारी उग्रवादी समूह तालिबानले कव्जामा लिएको छ । चिनिया मिडिया ग्लोवल टाइम्सक नुसार अफगान राष्ट्रति असरफ घानीले केही बेर अघि देश छाडेर छिमेकी देश ताजकिस्तान पुगेका छन् । यस अघि तालिवानका प्रतिनिधि र राष्ट्रपति घानीका प्रतिनिधिबीच राष्ट्रपति कार्यलयमा नै वार्ता भएको थिययो । वार्ता चबलरेहको बेला अफगान सरकारका गृहमन्त्रीले आफूहरुले तालिवानलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका थिए ।
गत दुई दशक अघि तालिवानलाई आफगानिस्तानबाट अमेरिकी सेनाले अबदस्थ गरेको थियो । त्यस यता अमेरिकी नेतृत्वको पश्चिमा सैन्य गठवन्धन नेटोको अगुवाईमा अफगानिस्तानमा भएको दमन र तालिवानको प्रतिरोधमा झण्ढै साढे चार लाख मानिसको मृत्यु भएको छ ।
गत तीन हप्ता अघि मात्र अमेरिका आश्चार्य जनक रुपमा काबुल छाडेपछि तालिवानले सहजै आफगानिस्तान नियन्त्रणमा लिएको छ ।
गत दुई वर्ष पहिलेदेखि अमेरिकी सरकारले तालिवानसंग कतारको राजधानी दोहमा शान्ति भार्ता गरिरहेको थियो । तीन महिना अघि मात्र अमेरिकी प्रशासन र तालिवानका बीचमा गोप्य ससहमति भएको थियो । त्यही सहमतिको परिणाम तालिवानले पुन बीस वर्ष पछि आफगानिस्तानको सत्तामा फर्केको छ ।
यतिबेला अमेरिकाले भन्दा अघि बढेर चीन, रयिा, इरान र पाकिस्तान लगायतका देशले तालिवानलाई समर्थन गरेको तालिवानले दावी गरेको पश्चिमी मिडियाले दावी गरेका छन् ।
अफगानिस्तानको भविष्य के हुनेछ भन्ने अझै अनिश्चित छ ।
अफगानी राष्ट्रपति भागेर ताजकिस्तानमा, तेस्रो देश जाने कोशिश
प्रतिक्रिया