तालिबानद्धारा अफगानिस्तानको राजधानी बाहेक प्रमुख सहर तालिबानको कब्जामा

काठमाडौं, ३१ साउन । अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबान विद्रोहीले कब्जा गरेको छ । विद्रोहीले आज बिहानै पूर्वी सहर जलालाबाद नियन्त्रणमा लिएका छन् ।

यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन् । जलालाबादमा बिना कुनै क्षति तालिबानले सहज रुपमा कब्जा जमाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ ।तालिबान लडाकु राजधानी काबुलमा निराशा र डर छाएको छ । काबुलमा हजारौँ मानिस सडक छेउ अस्थायी क्याम्प बनाएर बसेका छन् । दूतावासका कर्मचारी, काबुलमा रहेका विदेशी नागरिकसँगै अफगानी नागरिक समेत विभिन्न तरिका अपनाएर बाहिर निस्कने प्रयास गरिरहेका छन् । काबुल कब्जा भएमा अफगानिस्तानको सरकार र सेनाका लागि ठूलो झड्का हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति