पाकिस्तानले मनायो ७५औं स्वतन्त्रता दिवस, उपराष्ट्रपति पुन स्वतन्त्रता दिवस समारोहमा

काठमाडौं, ३० साउन।   पाकिस्तानले शनिबार आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाएको छ । नेपालस्थित पाकिस्तानी दूतावासले पनि स्वतन्त्रता दिवस मनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा शनिवार साँझ काठमाडौं आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै पुनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपति पुनले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

स्वतन्त्रता दिवसको अवसरमा शनिवार बिहान पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान जावेद खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएर दूतावासमा कार्यरत सबैमा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रपति डा आरिफ आल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएका शुभकामना सन्देश वाचन गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति