राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म गर्ने प्रचण्डकाे प्रस्ताव

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।

भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् र दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा भोलि विहानसम्म छलफल हुने र निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा जातीयरक्षेत्रीय मोर्चाको कामलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरिएको हो ।‘जातीयरक्षेत्रीय मोर्चाहरु पूँजीवादी जनवादी क्रान्तिका साधनहरु हुन्,’ प्रस्तावमा भनिएको छ, ‘सामन्तवादका अवशेष र दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्दै स्थापित अधिकारहरुको कार्यान्वयन, सुदृढीकरण एवम् समाजवादका लागि पृष्ठभागीय शक्तिका रुपमा जनमसुदायलाई प्रशिक्षित गर्ने, परिचालन गर्ने र पार्टीलाई व्यापक जनमसुदायसँग जोड्ने माध्यमको भूमिकामा जातीयरक्षेत्रीय मोर्चाहरु हुनेछन् ।’
प्रस्तावमा असोज मसान्तसम्म जातीयरक्षेत्रीय संगठनका सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ । सो अवधिसम्म बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति