काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।काठमाडौंमा दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।
यस्तै बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ।प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखापरेका विसर्जनवादविरूद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठानिक प्रतिवेदन आउनेछ।
प्रतिक्रिया