भरतपुर विमानस्थलको भीआईपी कक्षमा आगलागी

काठमाडौँ, ३० साउन । भरतपुर विमानस्थलको विशिष्ट कक्ष (भीआईपी रुम)मा शनिबार बिहान आगलागी भएको छ । आगलागीले सो ठाउँका केही उपकरण र फर्निचर नोक्सान भए पनि विमानस्थलका अन्य सबै सेवा जारी नै रहेको छ ।चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाले बिहान साढे ६ बजेतिर लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिएको बताए ।‘भीआईपी कक्षमा आगो लाग्दा त्यहाँका दुईवटा एसी, दुईवटा पंखा, तीनवटा सोफा र स्यानिटाइजर बक्समा क्षति पुगेको छ । आगो छिट्टै नियन्त्रणमा आयो,’ डीएसपी थापाले भने । बिजुली सर्ट भएका कारण आगलागी भएको उनले बताए । सो ठाउँलाई विद्युत् सञ्जालबाट अलग गरेपछि विमानस्थलका अन्य सबै सेवा सुरु भएको भरतपुर विमानस्थल कार्यालयका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति