ठगीको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टी मुछिए

काठमाडौं, ३० साउन । ठगीको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टी मुछिएका छन्। आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगी गरेको भन्दै लखनउ प्रहरीले शिल्पा र उनकी आमामाथि कारवाही सुरु गरेको छ।यसैगरी मुम्बई प्रहरीले पनिशिल्पाकै घरमा पुगेर सोधपुछ गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता गरिएको छ। शिल्पा र उनकी आमाले आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको शाखा खोल्ने नाममा दुईजनासँग करोडौं रुपैयाँ लिएका थिए। तर, लामो समय हुँदा पनि शाखा नखोलेपछि उनीहरूका नाममा मुद्दा दर्ता गरिएको हो।

उक्त कम्पनीका अध्यक्ष किरण बाबाले भने एक विज्ञप्ति जारी गर्दै शिल्पा र उनकी आमाको कुनै संलग्नता नरहेको बताएकी छन्। उनका अनुसार शिल्पा र सुनन्दा निकै समय अघि नै कम्पनीबाट अलग भइसकेको बताएकी छन्। किरणले कम्पनी आफ्नो सन्तानजस्तो भएको भन्दै भ्रामक समाचारहरू नफैलाउन आग्रह गरेकी छन्। ‘शिल्पा र उनकी आमा सुनन्दा धेरै समय अगाडि नै यस कम्पनीबाट अलग भइसकेका छन्। अहिले म एक्लैको स्वामित्वमा कम्पनी छ’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘यस्तो अफवाहले कम्पनीको इमेजमा धक्का लागिरहेको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति