बागलुङमा कोरोना संकट व्यवस्थापन कार्यदलको भुमिका प्रभावकारि नहुँदा संक्रमण बढ्यो

बागलुङ, २९ साउन । बागलुङ जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारि कदम चाल्न नसक्दा संक्रमण दिनानुदिन बढिरहेको छ ।
जिल्लामा सबैभन्दा बढि संक्रमित रहेको बागलुङ नगरपालिकाको बजारक्षेत्रमा संक्रमित ब्यक्ति खुलेआम हिड्डुल गरेपछि स्थानियबासी त्रसित बनेका छन् ।

स्वाब परिक्षणमा २८ गते कोरोना पोजेटिभ देखिएका एक पुरुष खुलेआम सडकमा डुलिरहेको भेटिएको हो । जैमिनि नगरपालिका–१ स्थाइ घर भइ बागलुङ हाल बागलुङ नगरपालिका वडा नम्बर ३, बुद्ध विहारमा बसोबास गर्दै आएका २२ बर्षिय युवा सडकमा खुलेआम सडकमा हिडिरहेको स्थानियबासी बताउछन् ।

संक्रमित युवक अस्पतालमा थर्ममिटर लिन भन्दै सडकमा हिडिरहेको अबस्थामा भेटिएको डिउटिमा खटिएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक बिराट शर्मा पौडेलले बताए । नेपाल सरकारले लक्षण नदेखिएका संक्रमितहरु होम आइसोलेसन मै बस्न सक्ने भनेपछि पछिल्लो समय बागलुङमा संक्रमणको दर ह्वात्तै बढेको हो । कोरोनाको संक्रमण देखिएकाहरुको नाम सार्वजनिक गर्न नपाइने भएपछि कसलाई लागेको हो थाहा नै हुँदैन त्यसैले कोरोना नियन्त्रणमा थप चुनौति रहेको बागलुङ नगरपालिका– २ का वडा सदस्य अर्जुन घिमिरेले बताए । उनले भने एकातर्फ नागरिक जिम्मेवार छैनन्, कसैलाई कोरोना संक्रमण देखिएपछि ऊ आफ्नो मर्जि गर्ने गरेको पाइएको छ भने अर्कोतर्फ संक्रमितको प्रभावकारि निगरानी हुन सकेको छैन त्यसैले कोरोना नियन्त्रण थप चुनौतिपुर्ण बनिरहेको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा वडा नम्बर २ बाट एक घर, एक पिसिआरको अभियान चलाएका छौं तर नागरिकहरु कन्ट्याक ट्रेसिङमा परेका होस् वा कोरोना संग मिल्दो लक्षण देखिएका नागरिकहरु स्वाब जाँचमा नआएका उनि बताउछन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ७२० पुगेको छ। कोरोनाको संक्रमणकालीन अवस्थामा जिल्लामा कोरोना संकट व्यवस्थापन कार्यदलको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी घर बिदामा छन भने सहायक प्रमुख जिल्ला अधिकारी सरुवा भइ खालि रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति