पारामेडिकल विषयमा पुनः प्रवेश परीक्षाको व्यवस्था मिलाउन पाँच विद्यार्थी संगठनको माग

काठमाडौं, २९ साउन । सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोग भक्तपुरमा शुक्रबार धर्ना दिएका छन् । सिट संख्याको आधारमा विद्यार्थी भर्ना गर्ने वातावरण बनाउन माग राख्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पुनः प्रवेश परीक्षाको माग राखेर आयोगमा धर्ना दिएका हुन् ।आयोगले लिएको पारामेडिकल विषयको प्रवेश परीक्षामा सिट संख्याभन्दा कम विद्यार्थी उत्तीर्ण भएका थिए ।सिट क्षमताभन्दा कम विद्यार्थी उत्तीर्ण भएकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले यसले स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा नकारात्मक असर पर्नेतर्फ ध्यान पु¥याउन आयोगको ध्यानाकर्षण गराएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।उनले भने, ‘आवश्यक सिट संख्या अनुसार नै विद्यार्थी भर्ना गर्ने वातावरण बनाउनुपर्ने हाम्रो माग हो । त्यसैले यसतर्फ गम्भीर चासो लिएर आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका हौं ।’ध्यानाकर्षण पत्र बुझ्दै आयोगका उपाध्यक्ष प्रा। डा। श्रीकृष्ण गिरीले आफूहरुलाई क्वान्टिटी छान्ने कि क्वालिटी छान्ने भन्ने विषयले अप्ठ्यारो अवस्था सिर्जना भएको बताएका थिए ।विद्यार्थी संगठनको मागप्रति आफूहरु गम्भीर रहेको भन्दै यस विषयमा आवश्यक छलफल गनेृ आश्वासन उपाध्यक्ष गिरीले धर्नामा सहभागी विद्यार्थीहरुलाई दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति