१४ बुँदे माग राख्दै आन्दोलनरत शिक्षक बालुवाटारबाट पक्राउ


काठमाडौं, २९ साउन। प्रधानमन्त्री निवास बालुवाटार अगाडिबाट शिक्षकहरु पक्राउ परेका छन् । शुक्रबार प्रधानमन्त्री निवासमा धर्ना कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रहरीले पक्राउ गरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो ।

आन्दोलित शिक्षकहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कमलपोखरीस्थित प्रहरी कार्यालयमा राखिएको महासचिव सुवेदीले बताए । उनले भने, ‘अहिले हामी यहाँ सय जना शिक्षक प्रहरीको नियन्त्रणमा छौं ।

अन्य विभिन्न स्थानमा साथीहरुलाई प्रहरीले नियत्रणमा लिएको जानकारी प्राप्त भएको छ ।’गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति