काठमाडौँ , २९ साउन । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ ।उनको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको थियो । तर हेर्न नमिल्नेमा परेको छ ।२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।
कांग्रेस पूर्वमन्त्री आलमको मुद्दा ‘हेर्न नमिल्ने’
प्रतिक्रिया