कांग्रेस पूर्वमन्त्री आलमको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौँ , २९ साउन ।  आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ ।उनको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको थियो । तर हेर्न नमिल्नेमा परेको छ ।२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति