काठमाडौँ , २९ साउन । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीले ४० महिना देशको शासनसत्ताको बागडोर सम्हाल्दा आफूलाई केन्द्रमा राखेर प्रचार–प्रसारलाई खुबै ध्यान दिए ।
डिजिटल सामग्रीहरू, फ्लेक्स प्रिन्टको जमानालाई भारतीय प्रधानमन्त्री मोदीको उदयका क्रममा जसरी उपयोग गरिएको थियो, नेपालमा ओलीले प्रधानमन्त्री भएपछि ठ्याक्कै त्यही तरिका अपनाए । प्रधानमन्त्री ओलीले पनि प्रचार–प्रसारलाई खुबै महत्व दिए । विद्युतका पोल पोलमा आफ्ना रंगिन पोष्टर झुण्डाउन लगाए । त्यतिले नपुगेर उनले विभिन्न सभा सम्मेलनमा समेत उनका पुर्ण कदका पोष्टर प्रर्दशन गरियो ।
यता प्रधानमन्त्री पद सम्हालेको केहिदिनमै प्रधानमन्त्री शेर बहादुर देउवाले त्यहि क्रमलाई निरन्तरता दिएका छन् । ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने ………. भन्ने भिडीयो श्रृंखलाको विषयलाई लिएर प्रधानमन्त्रीमाथि आलोचनात्मक टिकाटीप्पणी उनकै पार्टीभित्रबाट शुरु भएको छ । आज त्यसैको निरन्तरतामा प्रधानमन्त्री देउवाको सचिवालयले नागपञ्चमीको शुभकामना सन्देशमा प्रधानमन्त्रीको तस्बिर पनि नागसँगै राखेर सामाजिक सञ्जालमा पोष्ट गरेको छ । पाँचपटक प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवाको मुखाकृति सहितको तस्बिर प्रचार गर्ने भोक अनौठो भएको कांग्रेसका एक नेताले टिप्पणी समेत गरेका छन् ।
प्रतिक्रिया