शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी, नियन्त्रणका लागि टेन्डर आह्वान

काठमाडौं, २९ साउन । त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएको छ । मुसा र साङ्लाको बिगबिगी भएपछि त्यसको नियन्त्रणका लागि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर आह्वान गरेको छ ।मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो ।अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति