बूढानीलकण्ठमा काँग्रेस केन्द्रीय समिति बैठक सुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, २८ साउन ।  नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो बोलाइएको केन्द्रीय समिति बैठक ३ बजेपछि मात्रै सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।

काँग्रेसले आगामी भदौमा महाधिवेशन आयोजना गर्ने तय गरेपनि क्रियाशील सदस्यता विवाद लगायतका कारणले तोकिएको समयमा महाधिवेशन नहुने देखिएको छ भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन सार्न तयार भएको बताइएको छ । बैठक सुरु हुनअघि केन्द्रीय कमिटी बाहिर रहेका युवा नेताहरु, रन्जित कर्ण, क्षितिज भण्डारी लगायतले महाधिवेशनको सुनिश्चितताका लागि सभापतिलाई निवेदन दिएका थिए ।

देउवा सभापति भएपछि काँग्रेस केन्द्रीय कमिटी बैठक पहिलो पटक सानेपा भन्दा बाहिर बसेको हो । देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । देउवा निवास परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति