बुढानिलकण्ठमा कांग्रेस कार्यकर्ताको प्रदर्शन

काठमाडौं, २८ साउन ।   नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्।

१४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै सबल कांग्रेसका लागि हाम्रो अभियानुमा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्। पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएका हुन्। उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ।बिहीबार सभापति देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक छ।बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन्। देउवा निवास बाहिर कांग्रेस नेताहरूले महाधिवेशन सुनिश्चित गरौंजस्ता लेखिएका प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन्।

समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिए। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन्।‘कांग्रेसले विधान र संविधानलाई कांग्रेसले पालना गर्नुपर्छ। विधानमा चार वर्षमा महाधिवेशन गर्ने भनेको छ। तर एक वर्ष थपेर संविधानअनुसार छ महिना अझै थप गर्दा पनि महाधिवेशन सुनिश्चित भएन,’ उनले भने।विधानअनुसार देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ। आज देउवा निवासमा बस्ने बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा पनि उनीहरूले विरोध गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति