काठमाडौं, २७ साउन । बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुले सरकार नेतृत्वका लागि दाबी पेस गर्दै छन् । बुधबार दिउँसो मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज (बिहीबार) दिउँसो तीन बजेसम्मको समय दिएर दलहरुलाई सरकारमा दाबी पेस गर्न भनेका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको कांगेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए ।विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । हामी सरकारको दाबी गर्न १० बजे नै जान्छौं,’ नेता कनोडियाले भने, ‘आज नै सानो आकारको मन्त्रिमण्डल बन्छ।’ ८० सदस्यीय प्रदेशसभामा एमालेको ३८, कांग्रेसको १९, माओवादी केन्द्रको १८ ९सभामुखबाहेक०, जसपाको ३ र राष्ट्रिय जनमोर्चाको एक सांसद रहेका छन् । माओवादीका केसीलाई ४१ जना सांसदको समर्थन रहने छ । सरकारको समयावधि करिब १६ महिना रहेको अवस्थामा कांग्रेस र माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेको बताइएको छ।
प्रतिक्रिया