भारतमा थप ४३ हजार संक्रमित, ५१९ संक्रमितको मृत्यु

काठमाडौं, २८ साउन । भारतमा थप ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार ६४१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २० लाख ७६ हजार ९७४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ६६३ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ५१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २९ हजार ७०२ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति