महाकविको घर भत्काएको विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ


काठमाडौं, २७ साउन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुपर्नाको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।रिट निवेदकले घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरेपनि सर्वोच्चले अन्तरिम आदेश दिएन । रिट निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग गरिएको छ ।प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । तर देवकोटाको घर नभत्काई रेट्रोफिटिङ गर्नुपर्ने साहित्यकार र संरक्षणविद्हरुले बताउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति