आगामी कदमबारे रणनीति तय गर्न मुख्यमन्त्री पोखरेलले बोलाए मन्त्रिपरिषद र संसदीय दलको बैठक


काठमाडौ, २७ साउन ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद र पार्टी संसदीय दलको बैठक बोलाएका छन्।आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल हुँदैछ।त्यसअघि मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद र संसदीय दलको बैठक राखेका हुन्। आगामी कदमबारे रणनीति तय गर्न बुधबार बिहान बैठक बोलाइएको छ।मन्त्रिपरिषद बैठकपछि नेकपा एमालेको प्रदेश संसदीय दलको बैठक बस्नेछ। मन्त्रिपरिषद र संसदीय दलको बैठक मुख्यमन्त्री पोखरेलकै निवासमा बस्दैछ।सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषद र संसदीय दलको बैठक बस्ने जानकारी दिए। संसदीय दलको बैठकले अविश्वास प्रस्तावको सामना गर्ने कि राजीनामा दिने भन्ने निर्णय गर्ने स्रोतको दाबी छ।विपक्षी गठबन्धनका पक्षमा बहुमत ४१ सांसद देखिएकोले मुख्यमन्त्री पोखरेल राजीनामा दिने तयारीमा देखिएका छन्। एमालेका पक्षमा लुम्बिनीमा ३८ जनामात्रै सांसद छन्।एमालेले प्रदेश सभा बैठक नै बहिष्कार गर्न सक्ने पनि चेतावनी दिइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति