सेयर बजारमा फेरि नयाँ रेकर्ड, यी १५ कम्पनीको मूल्य बढ्यो

काठमाडौं, २६ साउन । मंगलबार सेयर बजारमा उच्च अंकको रेकर्ड बनेको छ। यस दिन ५२ अंकले बढेर परिसूचक ३ हजार १६१ अंकमा पुगेको हो। यसअघि साउन २० गते ३ हजार १ सय २३ अंकको उच्च रेकर्ड बनेको थियो।

यस दिन १७ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। उच्च कारोबार रकमको रेकर्ड भने गत जेठ ३० गते १९ अर्ब ५५ करोडको बनेको छ।

समूहगत रुपमा हेर्दा बैंकिङ ३९, विकास बैंक ४०६, फाइनान्स १९०, जीवन बीमा २११, उत्पादन ४४, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा समूह १४२ र अन्य समूह ८ अंकले बढेका छन्।

ब्यापार समूह ६७ अंकले घट्यो भने होटल तथा पर्यटन ८ र जलविद्युत समूह २ अंकले घटे। यस दिन १५ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। ज्योति विकास, सिन्धु विकास, गुहेश्वरी मर्चेन्ट बैंक, कामना सेवा, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आइसिएफसी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ।साइन रेसुङ्गा डेभलपमेन्ट, युनियन लाइफ, माउन्टेन इनर्जी, सांग्रीला डेभलपमेन्ट बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन कारोबारका आधारमा माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।कम्पनीको मूल्य ६।७ प्रतिशतले बढेको छ। अरुणभ्यालीको ५३ करोडको कारोबार भयो भने अपी पावरको ५१ करोड तथा ज्योति विकासको ४८ करोड रुपैयाँको सेयर किनबेच भयो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति