संक्रमण बढ्यो : एकै दिन झण्डै ५ हजार जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं, २६ साउन । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १५० पुगेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेका छन् ।

जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका १०३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति