काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट हट्नु परेकोमा आक्रोश व्यक्त गरेका छन् । विगतमा पनि आफूलाई जालझेल गरेर हटाइएको र यसपटक पनि जाली मुद्दा हालेर हटाइएको हो ओलीले भने ।
सार्वोच्च अदालतको फैसलालाई जालसाजी मुद्धाको टिप्पणी गरेर ओलीले अदालतप्रति पनि असन्तुष्टि व्यक्त गरे । ओलीले सरकारको नीति कार्यक्रम नभनेर किन साझाकार्यक्रम भनेको भन्दै समेत आक्रोश पोखे ।
ओलीले सरकारलाई समर्थन गर्ने दलहरु भनेर कसस्लाई भनेको भन्दै ओलीले प्रधानमन्त्रीसंग जबाफ मागे ? ओलीको संकेत माधव नेपालहरुले देउवालाई समर्थन गरेकोप्रति थियो ।
भ्रष्ट्राचारको छानविन गर्छु भन्नुएको रहेछ, के अव माधव नेपालको पनि छानविन गर्नु हुन्छ भन्दै ओलीले अर्को प्रश्न सोधे ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै ओलीले आफू जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएर आएको तर देउवा परमादेशबाट प्रधानमन्त्री बनेको दोहराए ।
‘प्रधानमन्त्री ज्यू म राम्रो ग्रहदशाले बनाएको होइन, जाली मुद्दा जितेर या परमादेश बनेर होइन,’ भन्दै ओलीले आक्रोश मिश्रित व्यंग्य गरे ।
ओलीले सरकार बनेको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा पनि प्रधानमन्त्रीप्रति कटाक्ष गरे । ‘चार जना कि कति मन्त्री लिएर सरकार चलाउनु भएको छ क्यारे, बाँकी सबै आफैसँग छन् । मन्त्रालय दिनभर घुमेर भ्याउनु हुन्न होला,’ भन्दै पुरानै शैलीमा ओलीे प्रम देउावालई घोचपेच गरे ।
प्रतिनिधि सभा पुनःस्थापना भएपछि ओलीले पहिलो पटक संसद्मा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को बैठकमा उपस्थित छन् ।
प्रतिक्रिया