महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय समिति बैठक

काठमाडौं, २५  साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय समिति बैठक सुरु भएको हो ।पार्टी महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भएपछि पौडेल समूह आन्तरिक छलफलमा जुटेको हो । पार्टी नेतृत्वको असफलताका कारण महाधिवेशन हुन नसकेको वरिष्ठ नेता पौडेलको आरोप छ ।सोमबार बिहान जिल्ला सभापति भेला गरेको पौडेल समूह अहिले आफूनिकट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यसँग पार्टी महाधिवेशनका बारेमा छलफलमा जुटेको हो ।बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सितादेवी यादवलगायत सहभागी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति