माधवले पक्षबाट ओली पक्षमा फर्किए किर्तिपुरका मेयर–उपमेयर

काठमाडौं, साउन २५ । नेकपा विभाजनपछि केही समय प्रचण्ड–माधव समूहमा लागेर वामदेव गौतमको एकता अभियानको केन्द्रीय समितिमा रहनुभएका कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयर एमालेको संस्थापन पक्षमा खुलेका छन् । कीर्तिपुरमा आयोजित एक कार्यक्रमबाट मेयर रमेश महर्जन र उपमेययर सरस्वती रिजाल खड्काले आफूहरू अब एकता अभियानका नाममा नअल्मिलिने घोषणा गर्दै एमालेमै क्रियाशील भएका हुन । एमाले नेता कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसमेत सहभागी कार्यक्रममा मेयर महर्जनले माधव नेपाल समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएपछि आफूहरूले अब नेपाल समूहलाई साथ दिन नसक्ने घोषणा गरेका छन् । महर्जन माधव समूहमा नजिक थिए । मेयर महर्जन र उपमेयर खड्कासहितका वडाध्यक्षहरूले माधव नेपाल पक्षले पार्टीप्रति गद्दारी गरेकाले अब संस्थापन पक्षमै रहेर क्रियाशील हुने बताए । उनीहरुलेयसबीचमा आफूहरू पार्टीभित्र विभिन्न समूहमा रहे पनि माधव पक्षका गतिविधिबाट सन्तुष्ट हुन नसकेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति