प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, २५  साउन ।  प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद् बैठकमा आइतबार मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्ने छ । साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । “बैठकका एजेन्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपूर्ण निर्णय हुन सक्छन्,” ती मन्त्रीको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति