काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको छ ।
आयोगको अद्यावधिकसगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ । पार्टीको अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले नेपालपेजलाई जानकारी दिए ।
आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्र यादव पक्षले नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात आयोगमा पेश गरेका गरेको थियो ।
आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर अध्यक्षपद सहित केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका छन् ।
अहिले केन्द्रीय कार्यकारिणी समिति अध्यावधिक गरिएको र यसैका आधारमा सांसद पद भने नजाने सचिव अधिकारीले बताए ।
पार्टीले कारवाही नगर्दासम्म उनीहरू पार्टीको साधारण सदस्यका रूपमा कायम रहने छन् ।ठाकुरसंगै नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मण लाल कर्ण, सर्वेन्द्र जनाथ शुक्ला समेतको पद खोएिको छ ।
पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म ठाकुर सहितका नेताहरुको सांसद पद भने कायमै रहने देखिएको छ ।
काठमाडौंमा ठाकुर अध्यक्षबाट पदच्युत भएका बेला महन्थ ठाकुर जसपा अध्यक्षकै हैसियतमा मधेशका जिल्ला दौडाहमा नयां पार्टी बनाउने अभियानमा छन ।
प्रतिक्रिया