मौद्रिक नीति सार्वजनिक हुने

काठमाडौँ, २५ साउन । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो ।राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए ।

आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला हुन गएको उनको भनाई छ ।सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सघाउँ पुग्ने गरी केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्ने गरेको छ । साउन पहिलो साता नै नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी समेत गरेको थियो ।चालु आर्थिक वर्षका लागि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट ल्याइसके पछि नयाँ सरकार गठन भयो ।

आर्थिक वर्षको अन्त्य हुनै लागेका बेला नयाँ सरकार गठन भएपछि सरकारी नीति र बजेट संशोधन हुन सक्ने भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा ढिलाइ गरिरहेको छ ।तर अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएको र आफूले सुझावमात्रै दिनसक्ने बताएका छन् । अर्थमन्त्रीले अनावश्यक हस्तक्षेप नगर्ने संकेत पाएपछि गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधिसभाको अर्थ समितिमा आइतबार वा सोमबार नै मौद्रिक नीति सार्वजनिक हुने बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति